Skip to main content

Posts

Showing posts from 2012

बाल मतलब

प्रेमिका,गर्लफ्रेन्ड, जति सुकै, ↕↕↕  चालु भएनी... ... भालु भएनी.... छाडी हाल्न चाही हुदैन रे.......!! किन कि:- ↕↕↕  ↕↕↕  पानि जति सुकै फोहोर भएनी आगो निभाउन त काम लाग्छ नि !! बाल मतलब

पक्कै धोती नै हुनु पर्छ

एउटा केटाले गुगलमा टाइप गर्यो .. "५ तारे होटलमा पैसा नतिरी कसरी खान सकिन्छ?" . . . गुगलले जवाफ दियो.... . . थुक्क साले तँ च्वुङया पक्कै धोती नै हुनु पर्छ

आज सम्म पिएको पनि थिएन पिउन पनि नपरोस

खड्का दाई :  तपाईको घरमा त रक्सी होला नि आज पिउन मन लाग्यो सार्हो दिमाग खराब भो? तक्मे : वो नानी किन नहुनु यत्रो तक्मा भिरेको मानिसको घरमा रक्सी नभएर कसको घरमा हुनंछ ह लौ  पिउनुहोस। रक्सी पिए पछी खड्कादाई: आमामामामा यस्तो मीठो रक्सी आज सम्म पिएको पनि थिएन पिउन पनि नपरोस आहा क्या  मीठो । तक्मे : त्यही त नानी आज सम्म रक्सीको भाडोमा कुकुरले मुतेको पनि थिएन मुत्न पनि नपरोस

माग्ने बुडा रक्सीले मातेर घर आउँदा

माग्ने बुडा संधै रक्सीले मातेर घर आउँदा एक बोतोल रक्सि पनि लिएर आउथ्यो.. अनि श्रीमती मुँयाँ ले किच किच गर्थी.... एकदिन मुँयाँले कस्तो हुदो रैछ र माग्ने बुडा ले दिन दिनै खान्छ..भनेर अलि कति खाइछे...... मुँयाँ :> [मुख बिगार्दै] एस्तो नमिठो चिज पनि कति धोक्न सकेको होला ... माग्ने बुडा :> तँलाई चुडेलनी .. कति नै मिठो चिज खाको जस्तो संधै किच किच गर्थिस... थाहा पाइस बल्ल ?

डाक्टर र पागल

डाक्टर:-ए ! पागल यहाँ आएर भन, मिर्गौला कहाँ हुन्छ? पागल १:-छातीमा हुन्छ, डाक्टर साब डाक्टर:-साले गोरु यहि हो सद्दे भएको, भित्र जा, ओई साले त पागल आइज।  (अर्कोलाई बोलाउदै)  ल भन मिर्गौला कहाँ हुन्छ? पागल २:-छातिमा नि डाक्टर:- साले गोरु त पनि यहि हो सद्दे भएको, भित्र जा,  ओई साले त पागल आइज।  (अर्कोलाई बोलाउदै)  ल भन मिर्गौला कहाँ हुन्छ? पागल ३: [कट्टु खोलेर देखाउदै] हेर यहाँ हुन्छ देखिस ?

सुगा र माग्ने

एउटा घरको सुगा गाली मात्र बोल्ने रै'छ त्यस्को मालिक त्यो देखेर हैरान भएछ एकदिन एउटा माग्ने जोगी आएछ । सुगा: ओइ माग्ने बुढा तेरो बाउको टाउको काम गरी खा । जोगी: हरे यो सुगालाई के सिकाएको ? मालिक: जोगीबा म त यो सँग हैरान भैसके जति सिकाए नि गाली मात्र बोल्छ ! जोगी: ल म यसलाई ३ महिनामा राम्रो बोल्ने बनाएर ल्याउँछु । ३ महिनापछि सुगाको दुवै खुट्टामा रातो र हरियो धागो बाँधेर फिर्ता ल्याएछ । जोगी: लौ तिम्रो सुगालाई सुधारेर ल्याएको छु रातो धागो तानेर हेर । मालिकले रातो धागो तानेछ सुगा: हरे राम हरे राम ! जोगी: अब हरियो तान मालिकले हरियो धागो तानेछ सुगा: हरे कृष्ण हरे कृष्ण ! मालिक खुशी हुँदै: ओहो रातो ताने हरे राम हरियो ताने हरे कृष्ण दुइटै ताने त भजन नै गाउला जोगी बा ! यो सुन्नासाथ सुगा: तेरो बाउको टाउको दुइटै ताने त म लडिहाल्छु नि साले 

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

धुर्मुस र कण्डक्टर

धुर्मुस र सुन्तली शहर जान बस चढेछन्,  बसमा भिडभाड भएकाले धुर्मुसे ले सुन्तलीलाई अँगालो हालेर उभिएको थियो: कण्डक्टर: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।  धुर्मुसे : अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर

मुन्द्रे र डाक्टर

मुन्द्रे : डाक्टरसाप तपाइँले घरमै गएर बिरामीको उपचार गर्दा कति लिनुहुन्छ ? डाक्टर: 300 लिन्छु । मुन्द्रे : उसोभए झट्टै मेरो घरमा जाउँ त.. डाक्टरले कार निकाले र दुबैजना मुन्द्रे को घर गए.... डाक्टर: खोई त बिरामी ? मुन्द्रे : यहाँ बिरामी कोहि पनि छैन, ट्याक्सी ड्राइभरलाई सोधेको त 500 लाग्छ भन्यो तर  तपाईँ 300 मै मान्नुभो अनि तपाइँलाई यहाँसम्म ल्याएको ।

चार जना अफगानि

चार जना अफगानि मिलेर ब्यापार गर्नि भनेर  ब्लु फिल्म को सि डि बेच्न थालेछ  त्यो पनि दुबइ जस्तो ठाऊमा  त्यो ब्यापार चलेन त्यसैले पेट्रोल पम्प खोले 5 दिन सम्म  एउटा पनि गाडी आएन  के भए छ  भन्दा 2 तला माथी खोलेछ  भएन भनेर रेस्टुरेन्ट खोलेछ  फेरी त्यस्तै के भए छ   भन्दा पेट्रोल पम्प को बोर्ड नै हटाको छैन  फेरी भएन भनेर ट्याक्सि किनेछन  फेरी त्यस्तै मान्छे चड्दैन चारजना मिलेर  कीनेको 2 जना अगाडि बस्या छ 2 जना पछाडि  भएन बेच्नु पर्यो भनेर जाँदा गाडि फँस्यो त्यो पनि दुबईको बालुवामा  गाडि  मरे आएन के भयो भन्दा त 2 जना  अगाडि बाट धकेल्छ 2 जना पछाडि बाट

निखिल - सञ्चिताको घोर्ले छोरो

बिबाह भएको पहिलो दिन नै निखिल ऊप्रेती लाइ बिशेष कामले बिदेश जानुपर्ने भएछ ! बिशेष काम ले गर्दा एकबर्ष सम्म घर आउन पाएनछ ! एकबर्ष पछि फर्केर आउदा बिबाहकै दिन छोडेर गएको दुलही सञ्चिताले घोर्ले छोरो पाइसकेकि रहीछ !! निखिल ऊप्रेती अचम्म मान्ंदै दुलही संग,,,,होइन म बिबाह भएकै दिन सुहागरात नमनाइ बिदेश गएको थिए फेरि यो छोराकसरी हँ ???? सञ्चिता ले भाबुक हुदै ,,हजुर गए पछि म हजुरको याद म सार्है तड्पिए (फ़ोटो ,,,,,देखाउदै) एकदिन म तड्पिए को देखेर हजुर यो फ़ोटो बाट बाहीर आउनु भयो र यो छोरा भयो!! निखिल ऊप्रेती ले टाउको हल्लाउदै ए ! भनेर सञ्चिता को कुरा पत्याएझैँ गरेछ ! केहि दिन पछि,,,राती निखिल ऊप्रेती जुरुक्क उठेर सञ्चितालाइ बेस्सरी भकुर्न,,थालेछ !! सञ्चिता ,,रुदै होइन हजुर लाइ के भयो मलाइ एक्कासी किन पिट्नु भयो ,भंदै रुन थालीछ !! निखिल ऊप्रेती,,,,तँलाई राक्षसनी तैँले म यो फ़ोटो बाट बाहिर निस्किएर यो छोरो भएको भनेकि होइनस् यो मेरो पासपोर्ट साइज को फ़ोटो कम्मर सम्म मात्र छ ! फ़ेरी कसरी भयो त छोरो भन्दै फेरि भकुर्न थालेछ!

पूर्णबिराम

श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउ ठाउमा पूर्णबिराम दिन भुलिछिन जब याद आयो हतार हतारमा हचुवाको भरमा पूर्णबिराम लगाइछिन् र चिठीको नमुना यस्तो भयो............. तपाइले धेरै दिन बितिसक्दापनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई। जागिर बाट निकालिदियो हाम्रो गाइले। बाछा पायो अंकलले। चुरोट पिउन छोड्यो मैले। धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटि सिमा । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरा । आज भोलि अन्डा दिनै छाडी हजुरको आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती

नछोइकनै किस

केटोः म तिमीलाई नछोइकनै किस खान सक्छु । . केटीः यो त हुनै सक्दैन । . केटोः त्यसो भए लौ ५०-५० रुपैयाँको बाजी थापौं । . केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस गर्यो । . केटीः खै त‚ तिमीले छोयौं त ? . केटाः ठीक छ‚ मैले हार माने‚ लौ राख यो५० रुपैयाँ । :p

चन्द्रमा सम्म

हत्याको केशमा एउटा ८० बर्षको बृद्ध साक्षी थिए, बिपक्षी वकिलले सोध्यो, ‘के तपाईंले हत्या भएको देख्नु भएको थियो ? ‘हो मैले देखेको थिएँ’ बृद्धले भने, ”कठघरामा उभिएको मान्छे नै हत्या गरेर लाशलाई भीरबाट खसालिदिएको मैले देखेको हूँ | वकिलले सोध्यो, ‘यो घटना रातीको समयमा भएको थियो, के तपाईं किटान गरेर भन्न सक्नुहुन्छ कि यो हत्या उसले नै गरेको हो ? ‘हो मैले मेरै आँखाले देखेको हूँ’ बृद्धले फेरी दोहोर्याए वकिलले फेरी सोध्यो, ‘बुबा, तपाईं ८० बर्षको भैसक्नु भएको छ, तपाइँका आँखा कमजोर छन् | रातिमा कति टाढासम्म देख्न सक्नु हुन्छ ? बृद्धले भने, ‘चन्द्रमा सम्म त राम्रैसंग देख्छु बाबु, बरु कति टाढा छ कुन्नि ?

बत्तीस् वटा दात

दिपक : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? दीपा : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"

धुर्मुसे र गधा

एकदिन धुर्मुसेले गधा पाल्ने बिचार गरेर गधा किनेर ल्याएछ तर त्यसले पराल नखाएर टन्सन दिएछ । मुलाको सागलाई आफ्नो दु:ख पोख्दै : ससुरा बा मेरो गधाले हरियो घाँस खाने बानी भएर सुकेको पराल त खाँदैखाँदैन् ।के गर्ने होला ? मुला सागले : धेरै सजिलो छ, मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको गमागम खान थाल्यो (दोस्रो दिन धुर्मुसेको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर मुला साग चकित हुँदै सोधेछ) मुला साग : हैन ज्वाइँसाव के भयो ? धुर्मुसे : गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो - साले भाते तैँले मलाई भैसी सम्झिस्?

श्री रामको भक्त हनुमान

एक दिन हनुमान एउटा गाउँमा घुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् । हनुमान : प्रभु मैले के विराएँ ? राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ? हनुमान : किनर प्रभु ? राम : भित्र सिता कपडा फेर्दै छिन ।

जिरे खुर्सानि को फुच्चे 'जिरे'

जिरे खुर्सानि को फुच्चे 'जिरे' स्कूलमा टिचर: होमवर्क किन न गरेको? जिरे: सर! लाइट थिएन। टिचर: मोमबत्ती पनि त बाल्न सक्थिस नि! जिरे: सर! मार्चिस नै थिएन। टिचर: मार्चिस किन भएन त? जिरे: पूजा घरमा थियो सर मार्चिस त। टिचर: अनी त्यहाँ बाट लिएर आउन सक्दनथिस? जिरे: म नुहाएको थिइन सर! टिचर: किन न नुहाएको त? जिरे: पानी थिएन सर! टिचर: किन नभएको त पानी? जिरे: सर! पानी तान्ने मोटर नचलेरा नि! टिचर: पाजी! गधा! मोटर किन नचलेको त फेरी??? जिरे: तपाईं होला नि गधा, अघी देखी नै भन्दै छु लाइन थिएन भनेर... हा हा हा :D

धर्तिको बोझ

दारी बा ले धुर्मुसे को रिजल्ट हेरेपछि.... दारी बा :> तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस । धुर्मुसे :> त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि बा

लादालाम केटीलाई प्रेम प्रस्ताव राख्दै

तितो सत्यको लादालाम एक केटीलाई प्रेम प्रस्ताव राख्दै लादालाम : लादालाम मेलो नाम इन्दिनियल मेलो काम बिहे नगलि हुन्थु कि पलमधाम, तिमि कति लाम्लि मथँग बिहे गन्ने ? केटी :  लादालाम मलाइ पनि तिमि मन पर्यो तर म त तिमी भन्दा एक वर्ष जेठी छु । लादालाम : केहि फलक पल्दैन, म तिमीलाई एक वर्थपथि मात्ल बिहे गर्थु। Rajaram / Rudraprasad Bhattarai

तितो सत्यको ब्यापारी घाटो

तितो सत्यको ब्यापारी घाटो र उसको छोरा छोरा :- बुवा मैले यस. एल. सी. मा फष्ट डिभिजन ल्याएँ। हिसाबमा त १०० मा ९५ ल्याएँ। घाटो :- आरे भाया, घाटो घाटो म १०० को लाई १५० बनाउछु, तँ भने १०० मा पनि ९५ ल्याउछस्। तैले गरि नखाने भइस्। थुइक्क बजिया ।

हट कफी कोल्ड कफी

मुन्द्रे:- ओई भोके, कफी छिटो पिइ, त चिसो हुनलाग्यो । भोके:- चिसो भएर के हुन्छ त? मुन्द्रे:- बेबकुफ, मेनु हेर न, हट कफी २० रुपैया, कोल्ड कफी ४० रुपैया

मुन्द्रे र भोके कारमा जादै

मुन्द्रे र भोके कारमा जादै थिए। मुन्द्रेलाई आफ्नो कारको साइडलाईटले काम नगरेको जस्तो लाग्यो। मुन्द्रेले भोकेलाई कारको साइडलाईटले काम गरे नगरेको हेर्न भन्यो। भोकेले झ्यालबाट बाहिर हेर्यो र भन्यो। गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...

को मुर्ख

स्कुलको   पहिलो   दिन   एक   शिक्षकले   आफ्नो   बिद्यार्थीहरुलाई   भनेछन्। शिक्षक:तिमिहरुमध्ये   को   को   आफुलाई   मुर्ख   सम्झन्छौ   उठ सबै   बसिसहे   तर   राम   उठ्यो   यो   देखेर   शिक्षकले   रामलाई   सोध्यो   शिक्षक:के   तिमि   आफु   लाई   मुर्ख   ठान्छौ ? राम  : होइन   होइन   सर , तपाई   मात्र   उठेको   राम्रो   लागेन   त्यसैले   उठेको।

ए राता मकै

मुन्द्रे र मुन्द्रेको बाउ मुखाँ हानु जस्तो जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर राता मकै मामाले सोधेछन मामा: ए राता मकै! बाउ छोरा किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥

मुन्द्रेको पनि छोरो

हाम्रो मुन्द्रेको पनि छोरो जन्मेछ । न्वारनमा मुन्द्रेकै ठुलाबा परेको म बेहोरुँला ब्राम्हण बाजेले राखिदिएको नाम मुन्द्रेको परिवारलाई मन नपरेर अर्कै नाम रखिदिछन् यो कुरामा बाजेलाई चित्त नबुझेर सराप दिएछन कि यो बच्चाले जस जस्को नाम लिन्छ त्यो मान्छे ठाउँको ठाउँ मरोस । बच्चा अलि ठुलो भएपछि एकदिन आमा भनेछ तुन्तै आमा ठाउँको ठाउँ मरिछे । त्यसैगरि मामा भनेछ मामापनि चेट भएछन् । फेरि बुवा भनेछ तर मुन्द्रे मरेन अनि मुन्द्रे खुसि भएछ । एकछिन पछि हेर्दा त मुन्द्रेको दाजु भोके पो सिलटिमुर खाईसकेको रहेछ ।

तिम्रो घरमा आमा, दिदी, बहिनि छैन

बान्द्रे ले एकजना केटिलाई जिस्क्याएछ । केटि : तिम्रो घरमा आमा, दिदी, बहिनि छैनन् ? बान्द्रे : तिमि उनिहरुको चिन्ता नगर न हाम्रो लागि छुट्टै कोठा छ के ।

माग्ने बुडा भर्खर साईकल सिक्‍दै

माग्ने बुडा भर्खर साईकल सिक्‍दै थियो,  सिक्‍दै जाँदा खुट्‍टा छोडेर साईकल कुदाउदै आमालाइ भनेछ :  आमा !आमा मेरो खुट्‍टा छैन्‌। फेरी एक छिन पछि हात छोडेर : आमा !आमा मेरो हात छैन्‌ । अनि फेरी अलि टाढा गएर साईकल बाट लडेछ अनि भनेछ : आमा ! आमा मेरो दाँतै छैन्‌ ..... त्यै भएर माग्ने बुडा को अगाडिको दांत नभाको रे

जुत्ता टिलिक्क पारेर लाउने ठुलो सौख

खड्का जी ले जुत्ता पालिस गरिरहेको थियो । यो देखेर मुला सागले सोधेछ। मुला साग > : खड्का जी आफ्नो जुत्ता आफै पालिस गरेको ? खड्का जी > : अँ म त आफ्नै जुत्ता आफैं पालिस गर्छु.. मेरो त सानै देखि जुत्ता टिलिक्क पारेर मात्र लाउने ठुलो सौख हो.... अनि मुला साग .... तिमि कस्को जुत्तपालिस गर्छौ त ?

माग्ने बुढा र मैया

माग्ने बुढा र मैया कुरा गर्दै.... माग्ने बुढा : मैले तँलाईं बिहे गरेर एक कुरा को चाही धेरै फाइदा भो  मैया : खुसि हुदै...... के कुरा बुढा ?? माग्ने बुढा : के हुनु नि जिउँदै नर्क मा फँसी हालें... मोरे पछि जानु परेन नि

मुन्द्रे र राता मकै

एकदिन मुन्द्रे बजारबाट दशैको किनमेल गरेर झोलामा कुखुरा राखेर आउदै थियो। राता मकैले त्यो देखेर सोध्यो:- 'ए राता मकै! के हो मुन्द्रे भान्जा किनमेल त निकै छ नि? मुन्द्रे : एस एल सि, एस एल सि पास गरेको मान्छे ले हल्का फुल्का सपिङ्ग अनि यसो भोज भतेर भनेको कुरा सिम्पल हो के हाम्रो लागी तिम्लाइ के थाहा राता मकै : ल भो भो धेरै फुर्ति नलाऊ बरु भन, कति वटा कुखुरा ल्याएको, मैले नहेरी भनेर मिलाए भने तिमी मलाई एउटा कुखुरा दिन्छौ? मुन्द्रे:- ल तिम्ले मिलाऊने त चान्सै छैन, ल भन कतिवटा छ नहेरी मिलायौ भने, एउटा त के मसँग भएको तिनवटै भाले दिन्छु :)

चिडियाघरको खोरमा

एउटा नेपाली जागीर खोज्न भनेर दिल्ली तिर गएछ । तर जति ठाउँमा चाहारे पनि जागीर नपाएपछि रेल स्टेशनमा अर्को नेपालीसंग जागीर नपाएपछि घर फर्किन लागेको गुनासो गर्दै रहेछ । तिनीहरुको कुरा सुनीरहेको पञ्जावीले त्यो नेपाली केटोले जागीर खोजेको हो भन्ने अड्कल काटेर चिडियाघरमा जागीर लगाईदिन्छु भनेर लिएर गएछ । त्यो चिडियाघरमा बाघ मरेको हुनाले बाघको खोल ओढेर चार हातले टेकेर चिडियाघरको खोरमा घुम...िरहनु पर्ने जानकारी गराएपछि विहान झिसमिसेमा नै त्यहि खोरमा लगेर हुलेर छोडिदिएछ । तर एकछिन पछि त जंगलको बाघ जत्रै ठूलो बाघले त्यो सानो गाँठीको नेपाली बाघलाई पछ्याउन थालेछ । त्यो पञ्जावीले जागीर लगाइदिन्छु भनेर झुक्याएर बाघको भोजन बनाउन पो ल्याएको रहेछ भनेर खोर भित्र फनफनी घुम्दा घुम्दा थाकेर उत्तानो परेर लौ खाने भए खा बाघ भनेर आँखा चिम्लिएर बसेछ । त्यो अर्को बाघले नेपालीको कानमा एकछिन सुँघेर सोधेछ । भैया, तम्बाकु है ?

माग्ने बुडा र मैयाँ

माग्ने बुडा र मैयाँ कुरा गर्दै... मैया :> आज हस्पिटल जाने भनेको होइन ?? माग्ने बुडा :> आज मलाई सन्चो छैन, कतै जानै मन छैन, भोलि जाऊँला नि हुन्न ?

धुर्मुसे ठहरै बेहोस

जब धुर्मुसे काम बाट घर फर्कियो ढोका मा पिसाब ले लेखिएको थियो..  "बिचार धुर्मुसे मुर्गा बन्यो " यही बेला माग्ने बुढो आयो र भन्यो 'यो त पिसाब चेक गर्यो भने कसले लेखेको थाहा हुन्छ'  डाक्टरले चेक गर्दा बान्द्रे को पिसाब पो रैछ भन्ने पत्ता लाग्यो माग्ने बुढो : ओ बान्द्रे तलाई लात्ताले हानेर बारीको पाटामा पुर्यादिन्छु, यसरी आर्काको ढोकामा मुतेर लेख्ने हो ? बान्द्रे : ह्या भिनाजु यो मेरो पिसाब भएनि लेखेको मैले होइन के यसमा मेरो  गल्ति छैन । धुर्मुसे: के रे के रे मलाइ लाटो रिस उठ्यो, अझै पिसाब मेरो हो तर मेरो गल्ती छैन पो भन्छ त तँ साले बान्द्रे लाइ राउन्ड किक हानेर खुत्रुक्कै पार्दिम ? बान्द्रे : ए ! पख पख कुरै नबुझी हान्न आउँछ, पिसाब मेरो भएनी हेन्ड राइटिंग त सुन्तली को हो नि यो सुनेर ठाउँ को ठाउँ धुर्मुसे ठहरै बेहोस हा हा हा :)

तक्मे बुडा फौजमा लडाई गर्दा

तक्मे बुडा लाइ फौजमा लडाई गर्दा गर्दै तालिवान ले समातेर लग्यो.......... केहि बेर पछि तालिवानको सरदार आएर गर्दनमा तलवार राख्दै भन्यो  तालिवान सरदार : ओइ... इस्लाम कबुल गर,, नत्र तेरो गर्दन काटी दिन्छु  तक्मे बुडा : लाखे हौ गाठे.यस्तो कुरा मसँग नगरम है...संकट मा पार्ने कुरा नि.. कबुल नगरुम गर्दन काट्ने अनि कबुल गरम त फेरी तलको काटी दिन्छ , मलाई लाटो सम्झेको छ कि के हो यो तालिवानि झुसे ,, यति जावो कुरा त हामि पानि बुझ्छम नि हऊ ,, तक्मे बुढा को इमान इज्जत र प्रेस्टज को कुरा पो छ त , म त फेरि सिरुपाते खुकुरी झिकेर नि हऊ स्वात्तै पारी पो दिऊँला , बिचार गरेर बोलम हऊ झुसे

सुन्तलीको अपरेशन

डाक्टर : भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो सुन्तली : किन डाक्टरसाप डाक्टर : हातमा लाउने पञ्जा भित्रै छुटेछ धुर्मुस : डक्टरसाब पनि कति लोभी - लौ, लिनोस् पैंसा । नयाँ पञ्जा किन्नुस् ।

आँफुलाइ ह्याँ कस्तो भोक लाईराछ

तितो सत्यको भोके झोक्राएर उदास बसेको देखी उस्को बाउ 'प्वाक्क मुखाँ हानुँ जस्तो' ले सोधेछ प्वाक्क मुखाँ हानुँ जस्तो : ओई भोके के भयो तँलाइ ?  मुखाँ हानुँ जस्तो त किन यहाँ यसरी झोक्राएर बसेको ? भोके : भन्दिन भो फेरि तिमि पनि रिसार गालि गर्ने त होला नि। प्वाक्क मुखाँ हानुँ जस्तो : होईन कल्ले गालि गर्यो र तलाई फेरि, (फकाउँदै) भन् न भन म तेरो बा भएनि साथीजस्तै हो के, मलाई साथि जस्तै सोचेर भन ल ! भोके : (झर्किदै) केही होइन मुला आँफुलाइ ह्याँ कस्तो भोक लाईराथ्यो तेरी छप्की जाबो अलिकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ! जा गएर तेस्लाइ सम्झा !!!!

यो माइ लो

योर माइ लव बुढो र उस्को बुढी  (यो माइ लो, योर माइ लव जानेजाँ यो माई लव म्युजिक को ताल मा)  योर माइ लव बुढो :नानु, बिहेभन्दा अगाडी तिम्रो कती boyfriend थिए ? (उस्को बुढी ले एउटा खाम निकालेर दिइ जसमा चनाका केही केडा र सय रूपैयाँ थियो ) योर माइ लव बुढो : यो के हो ???? श्रीमतीः जब जब मैले Boyfriend बनाउथेँ सम्झना रहोस भनेर यसमा चनाको एउटा दाना राख्दीन्थेँ ! योर माइ लव बुढो : (दाना गनेर चकित हुँदै) ‍राम राम राम, दस जना ?? अनि यो 80 रूपैयाँ चाहीँ किन राखेको नि ?? उस्को बुढी : हजुर त्यो त तिन किलो चना बेचेको पैसा हो !!

यो कथा चै नाईन्टिन वान्टीन को

यो कथा चै नाईन्टिन वान्टीन को हो । त्यति बेला म लक्का जवान गुटुगंटुगं हिडदै जादैथिएँ हिडदै जादैथिएँ । अगाडिबाट तिनजना मान्छेहरु आए । यसो हेरेको आफ्नै पाहाडको काकाको छोरा जस्तो देख्छ् । बन्दुक भुइमा राखेर सेवारो है के पो छ गाउघरको खबर भनेको त च्याङ्ग च्याङ्ग चुङ्ग चुङ्ग गर्छ । नजिस्कीम न हैा भन्छु फेरि  च्याङ्ग च्याङ्ग चुङ्ग चुङ्ग गर्छ । यसो हेरेको त जापानी सेना पो रैछ ख्वातै खुकुरी निकालेर स्वातै काटदेको तिन जनाकै भुँडि भुइमा । अगि देखि नजिस्कीम त भनेको नि । म त रिस उठो भने हेलिकोप्टर सोप्टर फुटाइदिन्छु सानो नानी रिसाउछे र पो । हा हा हा हाँसुम न हो हाँस्ने बेला भो

जुङ्गापो काट्दिउँला बरु

देउराली बनेछ ढुङ्गाको, डर के लाइ मान्छेउ जुङ्गाको काट्दिउँला बरु जम्मै । सेवारो हजुर !!!! माग्ने बुढो : ए नाईन्टिन फोन्टिन तक्मे बुढो : फेरि पो भेट भो त चिनजानकै मान्छे माग्ने बुढो :  तक्मे बाजे लाैन  समस्या पो भो तक्मे बुढो : समस्याको समाधान भनेकै म हु इमान, इजित र पे्रस्टिज ल या हेरु त । माग्ने बुढो :  फुन छ होला तक्मे बुढो : यत्रो फुक्लीनको टापुमा लडाइ गरेको मान्छे जाबो मोवाइल पनि हुदैन के कुरा गर्छ हैा यो झुसे । यो तक्मा भनेको क्याराम चेस खेलेर पाउने कुरा होइन । यो भनेको विरगाथा विरगोर्खाली ले लाडाइमा जितेर पाउने हो । अजै पनि १७ १८ बर्षको केटाहरु संग कुद्यो भने सेकेण्ड हुन्छु नि म । तेतिको जान्न मान्छे पो त । हाओ के ठानेको छ हामी भनेको हिउ खाएर आगो निकाल्ने मान्छे । तेत्तीको जान्ने मान्छे पो ।

बालै भएन

मेरो माया पचेन रे, हाजमोला पो खान्छु भन्छे ! गाँठिस केटा भेटे अर्कै, पोइला पो त जान्छु भन्छे ! जाने भए जाऊ त नि, छेक्ने कुरो आएन, लौ राम्ररी जाऊ है, मलाई पनि बालै भएन ! दिनुसम्म छाती चिरी, माया मैले दे' कै हो! च्यात्नुसम्म, मनै च्याती, चोखो पिरती ला' कै हो ! लक्ष्मी नारायणको अगाडि, भावनाको काम भएन ! लौ माया राम्ररी जाऊ, मलाई पनि बालै भएन!! एउटा गए अर्को आउँछे, त्यो गए झन् अर्को ! उसलाई भुल्न बियर खाको, घाँटीमै पो सर्कियो ! लोकल ठर्रा चाहियो अब, छुसी बियरले काम भएन ! लौ, साइली राम्ररी जाउ है बा, मलाई पनि बालै भएन।

नाईन्टिन फोन्टिन को बिर गाथा

देउराली बनेछ ढुङ्गाको, डर के लाइ मान्छेउ जुङ्गाको काट्दिलाउ बरु जम्मै !!! सेवारो है हजुर !!!! हाओ के पो छ हाम्रो लुङा हरुको खबर खाबर । । । लाखे है । आज मो नाईन्टिन फोन्टिन को बिर गाथा सुनाम है भनेर पो आइपुगे । तेती बेला म भर्खर भर्ती भाको थे । लक्का जवान हामी जंगल मा हिन्दै जादैथिम हिन्दै जादैथिम कि को हामी नि म एक्लई । दुइता ठुलो बाघ आयो हैा बाघ त घार-घुरा गर्छ । एसो राईफल निकालेर अब गोली हान्नु पर्‍यो भनेर हेरेको त एउटा मात्रै गोली छ । हओ अब म त ठुलो फान्दामा परी गए । हओ एता उता के हेरेको ह्याँ काथा सुनन । स्वातै बन्दुक निकालेर पड्काईदिएँ बाघ त ठाउँको ठाउँ धल्यो नि । फेरी पर्तिरा हेरेको त अर्को बाघ पो आइपठायो । फेरी घडी पो हेर्छ त अहिले घडी सदी खोस्छु नि । म के पो भन्दैथिएँ , लाखे है एसो हेरेको त बाघिनी रैछे एसो आँखा झिम्कै दिएको त हओ त्यो बाघ त ति लडिगयो नि नानी । हा हा हा हासुम न झुसे हो हास्ने बेला भो त्यति पनि जान्दैन हो । हा हा हा

देखा थापा (उर्फ रेखा थापा)

एक दिन देखा थापा (उर्फ रेखा थापा) सुगा किन्न गइछ देखा थापा: यो सुगाको बिशेषता के हो ? पसले: यो बोल्छ ! देखा थापाले सुगालाई सोधी: म कस्ती देखिन्छु ? सुगा: यस्तो छोटो लगाउनरे देख्दै तँ त एकदम चरित्रहीन देखिन्छेस् ! देखा थापा : यो त कस्तो बदतमीज रैछ ! पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो 'भन् अब पनि नराम्रो भन्छस् ?' सुगा: नाइ नाइ, भन्दिन ! पसलेले सुगलाई फेरी बाहिर ल्याएर देखा थापालाई भन्यो 'अब सोध्नुस् ! देखा थापा: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ ? सुगा: तिम्रो श्रीमान् हो ! देखा थापा: यदि २ जना आए ? सुगा: तिम्रो श्रीमान् र देवर ! देखा थापा: ३ जना आए ? सुगा: तिम्रो श्रीमान्, देवर, अनि भाई ! देखा थापा: यदि ४ आए ? सुगा: ह्या ! पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो चरित्रहीन(characterless) हो भनेर !

गाउँ घरकी भाउजूहरू

गाउँ घरकी भाउजूहरू मलाई "Handsome" भन्दै तानी तानी म्वाई खान्छन्, भागौ त "हाई-लिंग" सोंचछन् भन्ने डर छ नभागौ त "बीरे, बले, भीमे" दाइको डर छ खोई ! दोष कसलाई दिऊँ ?? बगमफुसे दाइलाई ! कि बै....सा.....लु भाउजूलाई ! कि दुईवटा राख्ने फ्यासनलाई ! एउटामा प्राण नाथ "I Miss U" अर्कोमा आऊ "Darling" जवानीको मज्जा लिऊँ ! बच्चालाई स्कूल पुर्याउने निहुँ छ रातो लिप्सटिक धसिया छ “टाईट” कमिज अनि जिन्समा बिल्ली-हिँडाई(catwalk) वाह ! वाह ! क्या चाल छ, क्या चाल छ ! अस्ति खेरि तामाङ सेलोमा रमाउने भाउजू हिजो आज त मुन्नी बदनाम भन्छिन् आफ्नो घरको पत्तो छैन अर्काको रामायण-महाभारत सबै कहन्छिन ! बीरे, बले, भीमे दाई त पल्टन गाको धेरै भो यता भाउजूको ओजन बढेको-बढेकै छ खाएको विष मात्र लाग्छ भन्छन् खोई! यहाँ त नखाए नि मलाई पो डर भो ! ब्रान्डी र भोड्काको झोल रातभरी गाको-गाकै घरमा चै ग्रह दशा शान्तिको जप होम को दहुरा सेलाकै छैन भाको जति सबै पोकोपरी भाउजू नयाँ दाइ सित टाप !

बान्द्रे सँसारको सबै भन्दा पुरानो जनवार

माग्नेबुढा: भन त बान्द्रे सँसारको सबै भन्दा पुरानो जनवार के हो ? बान्द्रे: Zebra हुनुपर्छ भिनाजु माग्ने बुढा: कसरी? बान्द्रे: किनकि Zebra व्ल्याक एण्ड ह्वाइट हुन्छ नि भिनाजु ।

धुर्मुसे र माग्ने बुढो

केदार घिमिरे र सिताराम कट्टेल

इमान, इज्जित र प्रिस्टिज

सेवारो है सेवारो ....... लाखे हौ,चिन्नु भएन , म तक्मे बूढा . 1914 को कथा सुन्नी हो तपाई पनि ???? लाखे है !!!!!!!! फोन पो आयो हेलो हेलो को पो बोलेको ... ए फुक्लीन बाट गरेको । के पो भयो रे । बम पड्के न रे ।  ए तेसो भए माथिको फ्युज तल हाल तलको फ्युज माथि हाल अनि हातले समातेर फुत्तै फाल । बम कसरि पड्काउने भनेर ह्वाँ फोक्लिन देखि पो सोध्छ त लु हेर तक्मे बुडो को इमान, इज्जित र प्रिस्टिज कति छ भनेर तँ झुसेलाई नि था भो नि ।  विल्सन विक्रम राई

दाह्री बुढो अन्तिम घडिमा

दाह्री बुढो अन्तिम समयमा आफ्नो छोरा बुहारी सँग  । दाह्री बुढो: छोरा ! हेर, म अब मर्न लागि सकेँ । यदि म मरिहालेँ भने मेरो लासलाई तिमीहरुले बाँसमा राखेर लानु है । गाडी मा राखेर नलानु नि है । धुर्मुसे: मरे पछि त जेमा लागे पनि भैइहाल्यो नि । दाह्री बुढो: हैन जे भए पनि मलाई चैँ बोकेर नै लानु । गाडी मा नलानु । सुन्तली : किन र बुवा? दाह्री बुढो: मलाई गाडी चाड्दा वान्ता आउछ क्या :D

गाइ त तारिन्छ तरुनी देख्दा मन बटारिन्छ टुङ टुङ

खड्काजि(बुढिसँग): अप्सरा अलिकती पैसा देउ न अप्सरा: किन चाहियो तिम्लाइ पैसा खड्काजि: कुकुर लाइ खानेकुरा किन्दिउँ कि भनेर नि अप्सरा अप्सरा: केरे केरे, दिन्छु पैस कुकुर लाइ खाना किन्नलाइ, ह्याँ आँफुलाइ लिपिस्टिक पाउडर त किन्न पाएको छैन, यती राम्रो कल्कलाउँदो जोबन यत्तिक्कै खेर गैसक्यो खड्काजी भुन्भुनाउँदै पसलतिर जाँदै खड्काजि : आम्मम्मानी कस्तो रिसाउन सकेकि, मलाइ त यो स्वास्नी कै किचकिच ले कुन बेला झुन्डेरै मरु जस्तो हुन्छ भन्या ठिकै छ हिजो सुन्तली लाइ बाख्रो किन्दा खाएको कमिसन छँदैछ तेसैले किन्नु पर्ला (बाटोमा गुनगुनाउँदै) : गाइ त तारिन्छ हे तरुनी देख्दा मन बटारिन्छ टुङ टुङ थुक्क एक्कै छिन गीत गाउँदै के हिँडेको थिएँ जुत्तामा धुलो लागिसकेछ आम्मम्मामा नि आफ्नो त फेरी सानैदेखि जुत्ताचाहिँ टलक्क टलकार हिड्ने सोख हो के एकछिन पछी पसल आइपुगो खड्का जी : साउजी मलाई कुकुरको लागि खाना दिनुस् त। साउजी : कुकुर ल्यानु भा छ ? खड्का जी : नाइ कुकुर घरमा छ । साउजी: sorry , हामीले तपाईंको कुकुर नहेरी केइ दिन मिल्दैन। अर्को दिन : खड्का जी : साउजि मलाई बिरालोको लागि खाना दिनुस् त । स...

धुर्मुसे र सुंतलि बस मा यात्रा

धुर्मुसे र सुंतलि बस मा यात्रा गर्दैथिए। सुंतलि:- धुर्मु हेर न त्यो मान्छे पछाडि बाट  मेरो ब्लाउजमा हात हाल्दै छ। धुर्मुशे:- हाल्न दे न त  त्यो चोर लाई के थाहा पैसा म संग छ भन्ने

मेरी बास्सै को बल्छी पागल भएछ

मेरी बास्सै को बल्छी पागल भएछ अनि उसलाइ गाउले प्रमुख्, वडा अध्यक्ष्, दाह्री बुढो, खड्काजी र मुलाको साग मिलेर अस्पताल लगेछन डाक्टरले बल्छीलाई सोधेछ। डाक्टर: तँ ठिक भएपछि के गर्छस्? बल्छी: बिहे गर्छु्। डाक्टर: बिहेगरेपछि सुहागरातमा के गर्छस्? बल्छी: सुहागरातमा म बिस्तारै उसको छेउमा गएर उसको घुङगट हटाउछु...अनि उसको ब्लाउज फुकाल्छु...अनि.. डाक्टर: अनि त्यसपछि...के गर्छस्? बल्छी:..अनि..उसको सारी फुकालेर पेटीकोट पनि फुकाल्छु.... डाक्टर: (उत्साहित हुँदै) अनि... बल्छी:अनि उसको पेन्टी च्यातेर... डाक्टर: (झन उत्तेजित हुँदै) अनि ... बल्छी: अनि उसको पेन्टीको इलास्टीकले झिङगा मार्दै बस्छु्।

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

माग्ने बुढो, राजु मास्टर र बान्द्रेले तक्मे बुढोको सालो मारेर भागे

माग्ने बुढो, राजु मास्टर र बान्द्रेले तक्मे बुढोको सालो मारेर भागेछन र हिमाल असइ, डण्डा घुमाएर र हस साब सहित को  पुलिस  टोलीले खेदाएछ । पुलिस बाट बच्न अध्यारो कोठा भित्र छिरेर बोरा भित्र लुकेछन ।  एकछिन पछी पुलिस कोठा भित्र छिरेर अध्यारो मा लट्ठीले हान्न थालेछ… माग्ने बुढो  छिरेको बोरामा लट्ठीले हानेछ अनी माग्ने बुढो कुकुरको आवाज निकाल्दै भौँ भौँ गर्न थालेछ …. पुलिस, "साला कुकुर पो रैछ," भन्दै फेरी राजु मास्टर छिरेको बोरामा लट्ठीले हानेछ । राजु मास्टर बिरालोको आवाज निकाल्दै म्याउ म्याउ गर्न थालेछ । पुलिसले, "ओहो बिरालो रैछ," भन्दै त्यहाँ बाट अर्को बान्द्रे  लुकेको बोरामा लट्ठीले हानेछ । तर, यसबाट चाहिँ केही पनि आवाज आएनछ । पुलिसले फेरी हानेछ…. फेरी पनि आवाज आएनछ । २०-२५ चोटी हानेपछि सहनै नसकेर भित्रबाट बान्द्रे  कराएछ, "ओई साले, आलु हुँ आलु ! आलु पनि बोल्या देख्याछस् कहिल्यै ?" :-D

फेसबुक स्टाट्समा - आत्महत्या

फेसबुक मा केटि को फ़ेक स्टाट्स - 'आत्महत्या गर्ने सोच्दै छु' ! comment1 -तिमि के भन्दै छौ प्रिय...,यस्तो नगर प्लिज.. ! C.2 - जिन्दगी धेरै राम्रो छ सुख दुख हुँदै गर्छ नि ... !! C.3- मलाई तिम्रो फ़ोन नंबर देउ गफ़ गर्नु पर्छ तिमि लाई राम्रो लाग्नेछ .. ! C.4 - तिमि यस्तो केहि गर्ने छैन तिमि लाई मेरो कसम . . . . C.5 - बेबि, के भयो ? . . अनि C110 - येदि तिमि ले येस्तो गरेउ भने म बाँच्न सक्दिन :( ( अनि उस्तै कुरा केटा को स्टाट्स मा - Comment 1 - जा जा कस्लाई सुनाको ! C.2 - साले., बाचेर चै के नै गरौला भन्ने सोचेको छस? :P C.3  ओइ.. फ़ासि लाग्नु भन्दा पाहिला मुसा मार्ने आैषधि पनि खानु अनि हात को नसा पनि काट्नु :D साले बाँचेर आउलस नि फेरि ! C.4 - भाग साले . . . . तँ सँग यत्रो हिम्मत कहाँ ! C.5 - ओहो भाई...पहिलो चोटि केहि राम्रो गर्न आँटिस...my good wishes fo u.... तिमि अघि बढ ! C.6 -ओइ तेरो बाइक म लिन्छु ल तँ मरे पछि ? C.7 - भाई आफ़्नो इच्छा नमार तुरुन्त sucide गर

प्वाक्क मुखमा हान्नु जस्तो को पुछर

प्वाक्क मुखमा हान्नु जस्तो  जंगलमा एक्लै नांगै नुहाउदै थियो बादर हरु को एक हुल प्वाक्क मुखमा हान्नु जस्तो  को ओरिपरी घेरिएर प्वाक्क मुखमा हान्नु जस्तो लाई हेर्दै  हाँसी रहेका थिए, प्वाक्क मुखमा हान्नु जस्तोलाई किन हाँसेका हुन् बुझ्न मन  लाग्यो अनि सोध्यो बाँदर लाई !! तिमी हरु किन यसरी हासेको हँ?? बादर को हुल बाट ढेडु बाँदर को आवाज आयो !! तिम्रो पुछर त अगाडी पो रछ,तेही देखेर :-D

हाकु कालेलाइ उध्रेको चोलीले टेन्सन

यौटा उध्रेको चोली र च्यात्तेको स्कर्ट  लगाएकी सुष्मा कार्की ले बाटोमा  लुट्को हाकु कालेसँग  लिफ्ट मागिन र     हाकु ले लिफ्ट दियो. बाटोमा तिनी बिरामी भईन >> हाकु  लाई  "TENSION" हाकु ले  सुष्मा  लाइ हतार हतार अस्पताल पुर्‍यायो  डाक्टर( हाकु सँग) : ल बधाई छ, तपाईं बुवा बन्नु भयो। ... अर्को"TENSION" हाकु  :  म यो बच्चाको बुवा होइन । सुष्मा : यो नै बच्चाको बुवा हो । झन "TENSION" खैलाबैला भयो, पुलिस आयो, अनी     हाकु को डा.चेकअप भयो, रिपोर्ट आयो , डाक्टर:  तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । झनै "TENSION", हाकु   "THANK GOD" भन्दै  निस्कियो अनि फेरी सोच्यो  अरे  साला घरमा भएको २ वटा कुन चाहिँ माम्पाखाको सन्तान  हो  त  ?  हाकु कालेलाइ  महा"TENSION"

नेता हरु कुहिएको गोलभेडा

प्वाक्क दिम जस्तो नि हुन्छ!! हाम्रा देशका नेताहरु कस्ता भने ..! पशुपतिका भोका बादरहरु जस्ता ..!! सत्ता र कुर्सिको लागि सधै लडिरहने .! कुकुर र बिराला जस्ता ..!! सरकारमा बस्न पाए भने ..! ... कसैको पनि बिरोध नगरी कति मिले जस्ता..!! कोहि तार्कासुर जस्ता कोहि भस्मासुर जस्ता.! कोहि घमण्डले भरिएका रावण जस्ता..!! जनताले दिएको बलिदानलाई भुलेर..! कुर्सि र सत्ता भनेको ससुराली बाट पाएको दाइजो सम्झने जस्ता..!! हिजो सम्म एक साझ राम्ररी खान नपाउने हरु.! अहिले सुगुर मोटाए झैँ मोटाए जस्ता ..!! हाम्रा नेताहरु कस्ता हुन् कस्ता..! परि आयो भने देश र जनता दुवै लाइ बेच्ने जस्ता ..!! तर अन्तररास्ट्रिय राजनैतिकमा .! हाम्रा नेता हरु कुहिएको गोलभेडा भन्दा पनि सस्ता..!!!