Skip to main content

चिडियाघरको खोरमा


एउटा नेपाली जागीर खोज्न भनेर दिल्ली तिर गएछ ।
तर जति ठाउँमा चाहारे पनि जागीर नपाएपछि
रेल स्टेशनमा अर्को नेपालीसंग जागीर
नपाएपछि घर फर्किन लागेको गुनासो गर्दै रहेछ ।
तिनीहरुको कुरा सुनीरहेको पञ्जावीले
त्यो नेपाली केटोले जागीर खोजेको हो भन्ने
अड्कल काटेर चिडियाघरमा जागीर लगाईदिन्छु
भनेर लिएर गएछ ।
त्यो चिडियाघरमा बाघ मरेको हुनाले
बाघको खोल ओढेर चार हातले टेकेर
चिडियाघरको खोरमा घुम...िरहनु पर्ने
जानकारी गराएपछि विहान
झिसमिसेमा नै त्यहि खोरमा लगेर हुलेर छोडिदिएछ ।
तर एकछिन पछि त जंगलको
बाघ जत्रै ठूलो बाघले त्यो सानो गाँठीको
नेपाली बाघलाई पछ्याउन थालेछ ।
त्यो पञ्जावीले जागीर लगाइदिन्छु भनेर
झुक्याएर बाघको भोजन बनाउन पो
ल्याएको रहेछ भनेर खोर भित्र
फनफनी घुम्दा घुम्दा थाकेर उत्तानो
परेर लौ खाने भए खा बाघ भनेर आँखा चिम्लिएर बसेछ ।
त्यो अर्को बाघले नेपालीको कानमा
एकछिन सुँघेर सोधेछ ।
भैया, तम्बाकु है ?

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"