Skip to main content

धुर्मुसे र गधा


एकदिन धुर्मुसेले गधा पाल्ने बिचार गरेर गधा किनेर ल्याएछ तर त्यसले पराल नखाएर टन्सन दिएछ ।
मुलाको सागलाई आफ्नो दु:ख पोख्दै : ससुरा बा मेरो गधाले हरियो घाँस खाने बानी भएर सुकेको पराल त खाँदैखाँदैन् ।के गर्ने होला ?
मुला सागले : धेरै सजिलो छ, मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको गमागम खान थाल्यो
(दोस्रो दिन धुर्मुसेको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर मुला साग चकित हुँदै सोधेछ)
मुला साग : हैन ज्वाइँसाव के भयो ?
धुर्मुसे : गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो - साले भाते तैँले मलाई भैसी सम्झिस्?

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"