Skip to main content

गाउँ घरकी भाउजूहरू


गाउँ घरकी भाउजूहरू
मलाई "Handsome" भन्दै
तानी तानी म्वाई खान्छन्,
भागौ त "हाई-लिंग" सोंचछन् भन्ने डर छ
नभागौ त "बीरे, बले, भीमे" दाइको डर छ
खोई ! दोष कसलाई दिऊँ ??
बगमफुसे दाइलाई !
कि बै....सा.....लु भाउजूलाई !
कि दुईवटा राख्ने फ्यासनलाई !
एउटामा प्राण नाथ "I Miss U"
अर्कोमा आऊ "Darling" जवानीको मज्जा लिऊँ !
बच्चालाई स्कूल पुर्याउने निहुँ छ
रातो लिप्सटिक धसिया छ
“टाईट” कमिज अनि जिन्समा बिल्ली-हिँडाई(catwalk)
वाह ! वाह ! क्या चाल छ, क्या चाल छ !
अस्ति खेरि तामाङ सेलोमा रमाउने भाउजू
हिजो आज त मुन्नी बदनाम भन्छिन्
आफ्नो घरको पत्तो छैन
अर्काको रामायण-महाभारत सबै कहन्छिन !
बीरे, बले, भीमे दाई त पल्टन गाको धेरै भो
यता भाउजूको ओजन बढेको-बढेकै छ
खाएको विष मात्र लाग्छ भन्छन्
खोई! यहाँ त नखाए नि मलाई पो डर भो !
ब्रान्डी र भोड्काको झोल रातभरी गाको-गाकै
घरमा चै ग्रह दशा शान्तिको जप
होम को दहुरा सेलाकै छैन
भाको जति सबै पोकोपरी भाउजू नयाँ दाइ सित टाप !


Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"