माग्ने बुढो, राजु मास्टर र बान्द्रेले तक्मे बुढोको सालो मारेर भागेछन र हिमाल असइ, डण्डा घुमाएर र हस साब सहित को पुलिस टोलीले खेदाएछ ।
पुलिस बाट बच्न अध्यारो कोठा भित्र छिरेर बोरा भित्र लुकेछन ।
एकछिन पछी पुलिस कोठा भित्र छिरेर अध्यारो मा लट्ठीले हान्न थालेछ…
माग्ने बुढो छिरेको बोरामा लट्ठीले हानेछ अनी माग्ने बुढो कुकुरको आवाज निकाल्दै भौँ भौँ गर्न थालेछ ….
पुलिस, "साला कुकुर पो रैछ," भन्दै फेरी राजु मास्टर छिरेको बोरामा लट्ठीले हानेछ ।
राजु मास्टर बिरालोको आवाज निकाल्दै म्याउ म्याउ गर्न थालेछ ।
पुलिसले, "ओहो बिरालो रैछ," भन्दै त्यहाँ बाट अर्को बान्द्रे लुकेको बोरामा लट्ठीले हानेछ ।
तर, यसबाट चाहिँ केही पनि आवाज आएनछ ।
पुलिसले फेरी हानेछ…. फेरी पनि आवाज आएनछ ।
२०-२५ चोटी हानेपछि सहनै नसकेर भित्रबाट बान्द्रे कराएछ,
"ओई साले, आलु हुँ आलु ! आलु पनि बोल्या देख्याछस् कहिल्यै ?" :-D
Comments
Post a Comment