Skip to main content

चन्द्रमा सम्म

हत्याको केशमा एउटा ८० बर्षको बृद्ध साक्षी थिए, बिपक्षी वकिलले सोध्यो, ‘के तपाईंले हत्या भएको देख्नु भएको थियो ?
‘हो मैले देखेको थिएँ’ बृद्धले भने, ”कठघरामा उभिएको मान्छे नै हत्या गरेर लाशलाई भीरबाट खसालिदिएको मैले देखेको हूँ |
वकिलले सोध्यो, ‘यो घटना रातीको समयमा भएको थियो, के तपाईं किटान गरेर भन्न सक्नुहुन्छ कि यो हत्या उसले नै गरेको हो ?
‘हो मैले मेरै आँखाले देखेको हूँ’ बृद्धले फेरी दोहोर्याए
वकिलले फेरी सोध्यो, ‘बुबा, तपाईं ८० बर्षको भैसक्नु भएको छ, तपाइँका आँखा कमजोर छन् | रातिमा कति टाढासम्म देख्न सक्नु हुन्छ ?
बृद्धले भने, ‘चन्द्रमा सम्म त राम्रैसंग देख्छु बाबु, बरु कति टाढा छ कुन्नि ?

Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

माग्ने बुढोको को घरमा भुवन केसी

माग्ने बुढोको को घरमा भुवन केसी भुवन केसी आएछन --- माग्ने बुढो  : भुवन बाबु, चिसो लिनुहुन्छ्की तातो ? भुवन केसी : चिसोनै भए हुन्छ माग्ने बुढो  : कोक,पेप्सी,बियर . ...के लिनुहुन्छ ? भुवन केसी : पेप्सी माग्ने बुढो: बोतलबाटै पिउनुहुन्छ्की ग्लासबाट ? भुवन केसी : ग्लास बाट माग्ने बुढो : सिम्पल ग्लासमा कि डिजाइन वालामा ? भुवन केसी : डिजाइन वालामा माग्ने बुढो : लाइन वाला कि फ्लावरको बुट्टा भएको डिजाइनमा भुवन केसी : फ्लावर वालामा.. माग्ने बुढो : गुलाबको चित्र भएकोमा कि जस्मिनको चित्र भएकोमा भुवन केसी : गुलाबको चित्र भएकोमा माग्ने बुढो : sorry !!! त्यस्तो ग्लास हामिकोमा छैन ..

गैँडा र दिपक

गैँडा : "हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?" दिपक : "के गर्ने निर्मल सर हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।"