प्रिय फेसबुक
खै कहाँ बाट शुरु गरुँ तिम्रो बर्णन म? कसैलाई आफ्नो मोहनि जाल मा कसरि पार्ने भन्ने कुरा त कोहि तिमी बाट सिकोस्। तिमि त कुनै पनि उमेर का मानिस लाई छोडेनौ।
हुन त यो भन्दा पहिला अर्कुट, ट्रस्टेड वपिनियन, हाइफाईभ, नेटलग जस्ता सामाजिक संजालहरु यो इन्टरनेट गाऊँ मा न आयेका हैनन्। अर्कुट ले त सबैलाइ आफ्नो जाल मा पारीसकेको थियो। धन्य तिमि आयौ अनि आफ्नो महाजाल ले सबैलाई ढाक्यौ।
तिम्रो दिमाग लाई त सलाम ठोक्नु पर्छ, खाली अथवा ब्यस्त मानिस लाई काममा लगाउन त कोहि तिमि बाट सिकोस्। तिमि लाई भेट्ने ठाउँ मा वाल राखिदियौ, यति मात्र भये त हुन्थ्यो हामि हरु त्येसलाई पेन्ट गर्न भुल्छौँ कि भनेर त्यो ठाउँ मा एऊटा बोर्ड झुन्डाइदियौ, WHAT'S ON YOUR MIND लेखेर। के तिमि हाम्रो दिमाग लाई हाम्रो देश को ढुकुटि ठानेका छौ? जस्ले सकि नसकि भयेपनि हाम्रा काम नलाग्ने नेता हरु को भुँडि भरिरहेको छ।
प्रिय फेसबुक, तिम्रो लिला अपरम्पार छ। कसैलाई आफ्नो मायाँ मा पागल बनाउन त कोहि तिमि बाट सिकोस्। तिमी संग कोहि ब्यक्ति एकपल को लागि पनि टाढा बस्न नसक्ने अवस्था छ। तिम्रो मोह मा परेका हरु भोक र प्यास समेत भुल्न सक्छन् तर तिमि बिना एकपल पनि रहन सक्दैनन्।
अरु त के कुरा गरौँ, यहाँ त ब्यस्त सडक को बिचमा पनि आफुमा घट्न सक्ने दुर्घटना को पर्वाह नगरि तिमि संग रम्न चाहने हरु धेरै छन्। यो भन्दा ठुलो पागलपन् अरु केहि होला?
यस्तै मायाँ कुनै बिद्यार्थि आफ्नो पुस्तक लाई दियो भने साहेद कहिल्यै फेल हुँदैनथियो होला ऊ। अनि यस्तै किसिम को मायाँ पति-पत्नि तथा प्रेमि-प्रेमिका बिच हुने भये यो सम्बंद बिछेद तथा मनमुटाव किन पो हुन्थ्यो र।
प्रिय फेसबुक, जताकतै कुरा काट्दै हिँड्न त कोहि तिमि बाट सिकोस्। अरुको फोटो मा कमेँट्स गरुन भनेर खालि ठाउँ राखि दिन्छौ, अनि पछि गाउँ भरिका भित्तामा दुनिया ले थाहा पाउन भनेर लौ,फलानाले त फलानाको फोटो अथवा भित्ता मा के-के लेख्यो भन्ने छाप्दै हिँड्छौ। केहि पनि कुरा नलुकाई तिमि बस्न सक्दैनौ है? तिमलाई के थाहा यहि कारण ले गर्दा कति जना को मनमुटाव हुन्छ भनेर।
प्रिय फेसबूक, तिमि संग छुट्ने मन् त कहाँ छ र अझै धेरै कुरा छन भन्न बाँकि ... तर पनि अहिले लाई पत्र समाप्त गर्छु ।
तिम्रो अब्बल दर्जाको प्रयोगकर्ता
मेरो मत्लब मायाँलु - फलानो

Comments
Post a Comment