Skip to main content

गाइ त तारिन्छ तरुनी देख्दा मन बटारिन्छ टुङ टुङ


खड्काजि(बुढिसँग): अप्सरा अलिकती पैसा देउ न
अप्सरा: किन चाहियो तिम्लाइ पैसा
खड्काजि: कुकुर लाइ खानेकुरा किन्दिउँ कि भनेर नि अप्सरा
अप्सरा: केरे केरे, दिन्छु पैस कुकुर लाइ खाना किन्नलाइ, ह्याँ आँफुलाइ लिपिस्टिक पाउडर त किन्न पाएको छैन, यती राम्रो कल्कलाउँदो जोबन यत्तिक्कै खेर गैसक्यो

खड्काजी भुन्भुनाउँदै पसलतिर जाँदै

खड्काजि : आम्मम्मानी कस्तो रिसाउन सकेकि, मलाइ त यो स्वास्नी कै किचकिच ले कुन बेला झुन्डेरै मरु जस्तो हुन्छ भन्या
ठिकै छ हिजो सुन्तली लाइ बाख्रो किन्दा खाएको कमिसन छँदैछ तेसैले किन्नु पर्ला

(बाटोमा गुनगुनाउँदै) : गाइ त तारिन्छ हे तरुनी देख्दा मन बटारिन्छ टुङ टुङ

थुक्क एक्कै छिन गीत गाउँदै के हिँडेको थिएँ जुत्तामा धुलो लागिसकेछ आम्मम्मामा नि
आफ्नो त फेरी सानैदेखि जुत्ताचाहिँ टलक्क टलकार हिड्ने सोख हो के

एकछिन पछी पसल आइपुगो
खड्का जी : साउजी मलाई कुकुरको लागि खाना दिनुस् त।
साउजी : कुकुर ल्यानु भा छ ?
खड्का जी : नाइ कुकुर घरमा छ ।
साउजी: sorry , हामीले तपाईंको कुकुर नहेरी केइ दिन मिल्दैन।

अर्को दिन :
खड्का जी : साउजि मलाई बिरालोको लागि खाना दिनुस् त ।
साउजी : बिरालो ल्याउनु भा छ ?
खड्का जी : छैन, घरमा छ ।
... साउजी : बिरालो ल्याउनुस् अनी बल्ल ।

अर्को दिन लाइ साह्रै झोक चलेछ
खड्का जी एउटा झोला बोकेर गएछ,

साउजी : ओहो खड्का दाइ आज त झोला बोकेर पो आउनु भएछ के ल्याउनुभो झोलामा ?

खड्का जी: तेरो बाउ ल्याको, को खड्का दाइ, खड्का दाइ होइन खड्काजी, खड्का जी


साउजी : sorry sorry, ए खड्काजी पो त, अनि खड्काजी झोलामा के बोकेर ल्याउनु भको ?
खड्का जी : हातले आँफै चेक गर्नुस् न ।
साउजी(हात चिराएर छाम्दै ): अली अली न्यानो छ,
चिपिक-चिपिक हातमा लाग्छ, अनी चिसो-चिसो पनि छ , के हो यो ??

खड्का जी : गु हो क्या साउजी गु ।  म toilet Paper किन्न आको आज ।


Comments

Popular posts from this blog

Facebook बाटै 'डेट'

पहिले 'yahoo' पछी 'Facebook' हुँदै, नगरकोटमा 'डेट' फिक्स भो ! सहिद 'गेट' मा के पुगेथेँ, मलाई उनको 'रेट' थाहा  भो    ! पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट'  भो  l छुन सम्म पाको थिन, खै कसरि घैटो जत्रो उनको 'पेट'  भो ! फेसबुक बाटै लभ पारेँ भनेको मेरो सपना, चङ्गा जस्तै 'चेट'  भो l

मुन्द्रेको पनि छोरो

हाम्रो मुन्द्रेको पनि छोरो जन्मेछ । न्वारनमा मुन्द्रेकै ठुलाबा परेको म बेहोरुँला ब्राम्हण बाजेले राखिदिएको नाम मुन्द्रेको परिवारलाई मन नपरेर अर्कै नाम रखिदिछन् यो कुरामा बाजेलाई चित्त नबुझेर सराप दिएछन कि यो बच्चाले जस जस्को नाम लिन्छ त्यो मान्छे ठाउँको ठाउँ मरोस । बच्चा अलि ठुलो भएपछि एकदिन आमा भनेछ तुन्तै आमा ठाउँको ठाउँ मरिछे । त्यसैगरि मामा भनेछ मामापनि चेट भएछन् । फेरि बुवा भनेछ तर मुन्द्रे मरेन अनि मुन्द्रे खुसि भएछ । एकछिन पछि हेर्दा त मुन्द्रेको दाजु भोके पो सिलटिमुर खाईसकेको रहेछ ।

नेता हरु कुहिएको गोलभेडा

प्वाक्क दिम जस्तो नि हुन्छ!! हाम्रा देशका नेताहरु कस्ता भने ..! पशुपतिका भोका बादरहरु जस्ता ..!! सत्ता र कुर्सिको लागि सधै लडिरहने .! कुकुर र बिराला जस्ता ..!! सरकारमा बस्न पाए भने ..! ... कसैको पनि बिरोध नगरी कति मिले जस्ता..!! कोहि तार्कासुर जस्ता कोहि भस्मासुर जस्ता.! कोहि घमण्डले भरिएका रावण जस्ता..!! जनताले दिएको बलिदानलाई भुलेर..! कुर्सि र सत्ता भनेको ससुराली बाट पाएको दाइजो सम्झने जस्ता..!! हिजो सम्म एक साझ राम्ररी खान नपाउने हरु.! अहिले सुगुर मोटाए झैँ मोटाए जस्ता ..!! हाम्रा नेताहरु कस्ता हुन् कस्ता..! परि आयो भने देश र जनता दुवै लाइ बेच्ने जस्ता ..!! तर अन्तररास्ट्रिय राजनैतिकमा .! हाम्रा नेता हरु कुहिएको गोलभेडा भन्दा पनि सस्ता..!!!